दुःखमा पनि माया सँगै माया साट्न मन छ ।
आरोहअवरोह जिवनका सँगै काट्न मन छ ।
समाल्न पनि सकिएन मेरो एक्लो मनलाई
कहिल्यै नटुट्ने मायाको डोरी बाट्न मन छ ।
ईश्वरले सृष्टिमा ठुलो झेल गरे जस्तो लाग्यो ।
सपना होकि आकाश बाटै झरे जस्तो लाग्यो ।
मन अमिलो हुन्छ सबैले दु:ख झेलेको देख्दा
आज जिउँदो हुँदा-हुँदै पनि मरे जस्तो लाग्यो ।
हिजोआज मानिस सास बिना नै चलिरहेछ ।
हरेक साँझबिहान आगो बिना नै जलिरहेछ ।
अनुमान गर्नै सकिएन कहाँ कहाँ कतिबेला
मानव छट्पटिदै सहारा बिना नै ढलिरहेछ ।
-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।