Sunday 29th March 2026

तीनवटा मन छुने मुक्तकहरू -राम भण्डारी


दुःखमा पनि माया सँगै माया साट्न मन छ ।
आरोहअवरोह जिवनका सँगै काट्न मन छ ।
समाल्न पनि सकिएन मेरो एक्लो मनलाई
कहिल्यै नटुट्ने मायाको डोरी बाट्न मन छ ।

ईश्वरले सृष्टिमा ठुलो झेल गरे जस्तो लाग्यो ।
सपना होकि आकाश बाटै झरे जस्तो लाग्यो ।
मन अमिलो हुन्छ सबैले दु:ख झेलेको देख्दा
आज जिउँदो हुँदा-हुँदै पनि मरे जस्तो लाग्यो ।

हिजोआज मानिस सास बिना नै चलिरहेछ ।
हरेक साँझबिहान आगो बिना नै जलिरहेछ ।
अनुमान गर्नै सकिएन कहाँ कहाँ कतिबेला
मानव छट्पटिदै सहारा बिना नै ढलिरहेछ ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...