नसोध चलिरहेको जिन्दगी रोकिनु को पीडा ।
कसले बुझ्दछ द्रुत गतिमा ठोकिनु को पीडा ।
भनुँ कसरि बुझिदिने कसले बरु सहि रहन्छु
आफ्नै मुख भित्रको जिब्रो टोकिनु को पीडा ।
दृढ भएर परिस्थिति सँग मान्छे जुध्दैन किन ?
मेहनतको पसिनाले त्यो मान्छे रुज्दैन किन ?
जानेर पनि नजाने झैं गर्छन् कसरी सम्झाउँ
समयको गाम्भिर्यता बुझेर पनि बुझ्दैन किन ?
रोईरहेछ मन धरधरी तैपनि हाँसेरै बसेको छु ।
चुँडिएको माया लाई माला गाँसेरै बसेको छु ।
आफ्नो लक्ष्य सँगै झिनो भरोसा मरेको छैन
उध्रिएको आशालाई मन मै टाँसेरै बसेको छु ।