Wednesday 8th July 2026

नेपालमा १०६९ जना नयाँ कोरोना संक्रमित थपिए, थप ११ जनाको मृत्यु


तितोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४०५२९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १८११२ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २३९ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ४८१ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७६८ जना कोरोना जितेर घर फर्केका छन् भने ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार मंगलबार अपरान्ह सम्म कुल २२१७८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा महोत्तरीका एक ४ वर्षीया बालिक सहित ३७ वर्षीय पुरूष, सिरहाको ६५ वर्षीया पुरूष,  पर्साका तीन जना ५३, ८० र ६० वर्षीय पुरूष, बाराको ६० वर्षीय पुरूष, चितवनको ५२ वर्षीय पुरूष, काठमाडाैंका दुइजना ७० र ३५ वर्षीय पुरूष र मकवानपुरको ५८ वर्षीय पुरूष गरि ११ जना  रहेका छन् भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।

हालसम्म देशभर पीसीआर विधिबाट ७ लाख ५ हजार ५ सय ६० जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा ७ हजार ३ सय ९० जना रहेका छन् भने आइसियुमा १२७ जना र भेन्टिलेटरमा १७ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ७२८०जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १०८३२ जना उपचाररत रहेका छन् । हाल १२ जिल्लामा ५०० भन्दा बढि संक्रमित रहेका छन् भने शुन्य संक्रमित भएका जिल्लाहरू सोलुखुम्बु, मुगु, डोल्पा, मुस्ताङ र हुम्ला रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ५६ लाख ६२ हजार भन्दा बढि संक्रमित भइ १ करोड ७९ लाख ६२ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ८ लाख ५५ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले देशभरका सम्पत्ति मालिकहरूलाई सुरक्षा क्यामेरा (CCTV) जडान गर्न र त्यसको रेकर्डिङ कुनै परिवर्तन नगरी कम्तीमा १२० दिनसम्म…

अमेरिका र इरानबीच केही समयअघि कायम भएको अस्थायी युद्धविराम फेरि लगभग समाप्त भएको संकेत देखिएको छ। पछिल्ला घटनाक्रमले मध्यपूर्वलाई पुनः…

कुवेतका सबै लुलु हाइपरमार्केट शाखाहरूमा अब डीमा (deema) को Buy Now, Pay Later (BNPL) सेवा उपलब्ध भएको छ। यस सेवामार्फत…

प्रतिकृयाहरू
...