Sunday 22nd March 2026

भाद्र महिना भर लामो दुरीका सवारी र आन्तरिक उडान नगर्ने सरकारको निर्णय


तितोपाटी – सरकारले सार्वजनिक सवारी साधन तथा आन्तरिक हवाइ उडान भाद्र महिनाभर बन्द गर्ने निर्णय गरेको छ । हिँजो (आइतबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

सरकारले अन्तर्राष्ट्रिय हवाइ उडान भाद्र १६ गते बाट सञ्चालन गर्ने निर्णय गरे पनि देश भित्र कोरोना महामारी बढेर समुदायमा फैलिएकोले आन्तरिक हवाइ उडान भाद्र महिनाभर सञ्चालन नगर्ने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोना महामारी बढेको निष्कर्ष निकाल्दै लामो दूरीका सवारी साधनहरु भाद्र मसान्त सम्मका लागि बन्द गरेको बताइएको छ भने आन्तरिक हवाइ उडान पनि भाद्र मसान्तसम्म सञ्चालन नगर्ने भएको छ ।

यस अगाडि भदौ १५ गतेबाट लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...