Friday 17th May 2024

श्रीङ्गारिक भावको सुसेली -हरि शर्मा (गलकोटे कवि)


फोटो फिर्ता लौ
ब्यर्थै लाएँ पिरती
भएछ झ्याउ ।
<१>???

लौन बताऊ
दुनियाँमा को सच्चा
म जान्न पाऊँ ।
<२>???

मानेँ पवित्र
कोही नारी चरित्र
लाग्यो विचित्र ।
<३>???

धोका खानाले
कैले काहीँ झुक्कौने
रैछ मायाले ।
<४>???

माया झूठो भो
आजको जमाना त
छक्क पर्नुको ।
<५>???

बुझौँ सबैले
पिरतीमा जिल्लिनु
हुन्न कसैले ।
<६>???

किन यस्तो यो
सँसारमा माया यो
सारै सस्तो भो ।
<७>???

हिस्स परेँ म
माछो माछो भ्यागुतो
जिल्ल परें म
<८> ???

माया टाढा भो
बुझ्न जाने राम्रो छ
नत्र काँढा यो ।
<९>???

ठट्टा गरेको
रैछ मेरो मायामा
लट्टा परेको ।
<१०>???

नोटः जसरी हुन्छ सुसेलीको विकास गर्नु र सबैको प्रिय बनाउनु नै हाम्रो लक्ष्य हो यो सुसेलीमा । संसारमा बालक देखी बुढासम्म, राजादेखि रंक सम्म सबैको लागि प्रिय बस्तु हो माया । हजुरहामी देवताहरु माया जालमा फँसेको देख्छौँ । ॠषीमूनीहरुको तपस्या भंग भएको देख्छौँ । कसैको लागि यो अमृत बन्दछ त कसैको लागि यो बिषालु काँढा बन्दछ । कहिले यसले ठूलो कुराको सृजना गर्दछ त कहिले यो बिषालु साँप बनेर डस्न पनि पछि पर्दैन । यसको सच्चा अर्थ नबुझी सतही रूपमा मायामा डुब्ने तथा कामवासना पूर्तिको लागि मायाको नाटक रच्नेहरु पनि थुप्रै होलान् यो सँसारमा । तर यसको सही अर्थ बुझेर सही सदुपयोग गर्न सकेमा यो सबैको लागि एक सच्चा मित्र बन्नेछ भने नबुझे यो धारिलो खुकुरी बन्नेछ । मलाई पनि यसकै आडमा बसी केही लेख्न मन लाग्यो अन्यथा नलिनुहोला । हाम्रो अन्तिम उद्देश्य भने मायालाई परिभाषित गर्नु नभै सुसेलीलाई सबैको कर्णप्रिय र मायालु बनाउनु नै हो ।

-हरि शर्मा (गलकोटे कवि)
मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...