Sunday 29th March 2026

कालीकोटमा सुक्खा पहिरो जाँदा एकै परिवारका ४ को मृत्यु, २ जनाको जिविते उद्दार


कालीकोट जिल्लाको तिलागुफा नगरपालिका– १ नाग्म बजारमा आइतबार आएको सुक्खा पहिरोले ४ घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने २ जनाको जिवितै उद्दार गरिएको छ । ४ घर पुरिंदा अन्य केहि मानिस पुरिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

नाग्म बजारको पछाडिपट्टिको भिरोलो जमिन भासिएर पहिरो जाँदा तिलागुफा–१ का लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किएका हुन् । घरभित्र पुरिएको अवस्थामा नाग्म बजारमा व्यापार गर्दै आएका ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा, ५ वर्षका छोरा निराजन र डेढ महिनाका छोरा अक्कल शाहीको मृत्यु भएको छ भने प्रयागकी श्रीमती पुन्नी शाही र हमाल २ जनालाई जीवितै उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले डोजर लगाएर पहिरो पन्छाउँदै बेपत्ताको खोजी गरिरहेको बताए । खोजीमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना संलग्न छन् । सो क्षेत्रमा सञ्चारको कुनै पनि सेवा र सुविधाको पहुँच नभएका कारण जिल्ला प्रशासन कार्यालय कालिकोट र नजिकै पर्ने जुम्लामा समेत खबर नहुँदा घरभित्र पुरिएका मानिसलाई उद्धार गर्न ढिलाइ भएको हो ।

कर्णाली राजमार्गअन्तर्गतको कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्म तिलागुफा नगरपालिका, जुम्लाको हिमा र तिला गाउँपालिकाको व्यापारिक केन्द्र हो ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...