Friday 17th May 2024

चोटिला र समसामयिक मुक्तकहरू -राम भण्डारी


आफ्नै सुखी संसार मात्रै मन पराउने मान्छे ।
अरु सुखमा हुँदा डाह लागेर कराउने मान्छे ।
एकोहोरो आफ्नो पोल्टामा हालेर सफलता
भिडमा कहिल्यै नभेट्ने गरि हराउने मान्छे ।

जिवनलाई नै खतरा बनाई सतायो समयले ।
उकालो लाग्ने छाँट देखिएन बतायो समयले ।
आश छ सास को अझै संघर्ष सकिएको छैन
आजभोलि भन्दा भन्दै बाटो ततायो समयले ।

हिजो भन्दा आज झन् छाती चर्किएर गयो ।
अनुनयविनय कसैको नसुनेर तर्किएर गयो ।
हे ईश्वर! किन बन्यो नियति यति धेरै निष्ठुरी
छोडेन चिता माथि पनि जहर छर्किएर गयो ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...