Friday 9th January 2026

गजल -राम भण्डारी


झुट्टा सपना दिएर जन को बुद्धी भुटेर खाए ।
खै काम त के नै गरेर खाली गफै चुटेर खाए ।।

मैंले चिन्न पनि छाडिसकें नेताहुन् यिनिहरु?
मागे,तर्साए अनि धम्क्याए कहिं कुटेर खाए ।।

उनीहरु बिच ठूलो भिन्नता भए जस्तै पारेर
पर्दा भित्र सगोलमा बाहिर सबै फुटेर खाए ।।

अर्को मौका पाउने बित्तिकै हातेमालो गरेर
आवरण झिकेर फेरि एकैठाउँमा जुटेर खाए ।।

अरु त के कुरा सबै द्वेष बिर्सिएर हत्तपत्त
आफ्नालाई आफ्नोे नभनेर पुनः लुटेर खाए ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...