Thursday 28th August 2025

केहि चोटिला मुक्तकहरू -राम भण्डारी


झोक चलेर आउँछ बिहानै सुरा लगाईदिउँ ।
सुन्ने कोहिछन् भने यिनका कुरा लगाईदिउँ ।
लाज लाग्दैछ यिनिहरु को लाछीपन देखेर
च्याप्प समातेर दुवै हातमा चुरा लगाईदिउँ ।

चाहिने सँग सँगै दिन्छ फाईदा र हानी दुबै ।
नाई कसैलाई भनिदैन जानी र सानी दुबै ।
कसलाई सम्झाउनु सबैले बुझेकै हुनुपर्छ ।
नभै नहुने,भए दुख दिने पानी र रानी दुबै ।

हात जोडी माफि माग्न पनि नमिल्ने ।
धर्ति छोडी टाढा भाग्न पनि नमिल्ने ।
यो कस्तो माहामारी पठायौ भगवान
रिसले चुर हुँदै जाइलाग्न पनि नमिल्ने ।

पारी डाँडाबाट काठमाडौंमा रेल ल्याउने रे ।
फेरि मेलम्ची बाट पानीको भेल ल्याउने रे ।
अब ढोका खुल्यो क्यारे हाम्रो समृद्धिको
ग्याँस पाईप घरघरै पाईपमै तेल ल्याउने रे ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

प्रतिकृयाहरू
...