Sunday 29th March 2026

केहि चोटिला मुक्तकहरू -राम भण्डारी


गरिबीमा भाग्य पनि भाग्दो रहेछ आजभोलि ।
निन्द्रापनि सपनीमा जाग्दो रहेछ आजभोलि ।
धर्ती ओछ्याएर खुला आकाश ओढ्ने लाई
नुन पनि सुन जस्तै लाग्दो रहेछ आजभोलि ।

सारा संसारै कोरोनाको ठूलो मुलै चल्यो त ।
प्रदेश,शहर,गाउँ हुँदै टोल मा कुलै चल्यो त ।
मनगढन्ते कुरा हो कि चलेको हल्कारा मात्र
कोरोना सुई पो आयो रे हल्ला ठुलै चल्यो त ।

जस्तै बजारमा पाइने डेरीदुधको तर खल्लो ।
उस्तै हुन्छ छोरी अन्मिएर गएको घर खल्लो ।
लाग्छ अनौठो महसुस गरियो यो सताब्दीकै
तेस्तै दिदीबहिनी जमघट बिनाको दर खल्लो ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...