Sunday 29th March 2026

गजल -राम भण्डारी


ओईलिएका ईच्छा,आकांक्षाहरु झरेर गए ।
पूर्ण नहुँदै मनका सबै चाहनाहरु मरेर गए ।।

सायद अब पुगिसके होला सिमाना बाहिर
फर्किन्नन् कहिले सयौं खोलाहरु तरेर गए ।।

अरुको के कुरा, माटोको माया पनि थिएन
उम्रन्न मनको बारीमा टुसाहरु नुन छरेर गए ।।

कस्तो अचम्म मानविय स्वभाव त देखिएन
कठोर बनि दिलका ढोकाहरु बन्द गरेर गए ।।

के देख्नु पर्यो नि अनौठो परेको रणभुल्लमा
भाडादार सम्झेर घरभेटीहरु डेरा सरेर गए ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...