Saturday 11th April 2026

राजधानी उपत्यकाका १७२ जना सहित ६४१ संक्रमित थपिए, मर्नेको संख्या १०४ पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २६६६० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ९२२१ जना उपचाररत रहेका छन् । देशको राजधानी काठमाडाैं उपत्यकामा अहिले सम्मकै उच्च १७२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १३४ जना कोरोना जितेर घर फर्केका छन् भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार आइतबार अपरान्ह सम्म कुल १७३३५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि पर्साका एक पुरुष र मोरङ्गकी एक महिलाको मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ । गएको २४ घण्टामा १२२४७ वटा पीसीआर परीक्षण गरिएको छ। हालसम्म देशभरभा ३९ वटा प्रयोगशालाबाट पीसीआर विधिबाट ५ लाख १७ हजार ९ सय ७ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १५ हजार २ सय ४३ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड १६ लाख ९८ हजार भन्दा बढि संक्रमित भइ १ करोड ४४ लाख ७ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख ७० हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...