Friday 3rd April 2026

नेकपाको विवाद मिलाउने कार्यदलमा पनि भागबण्डा !


काठमाडौँ -सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा चर्किएको विवाद समाधान गर्न गठित कार्यदल नै भागबण्डाका आधारमा बनाइएको छ । आन्तरिक विवादले पार्टी नै फुटको संघारमा पुगेका बेला शुक्रबार दुई अध्यक्ष केपी ओली र प्रचण्डबीचको सहमतिमा ६ सदस्यीय कार्यदल बनाउने सहमति जुटेको हो । उक्त कार्यदलमा नेकपाभित्र शक्ति संघर्षमा फ्रन्टलाइनमा रहेका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट दुई–दुई जनाको प्रतिनिधित्व गराइएको छ । कार्यदलमा रहेका महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेल अध्यक्ष ओली पक्षका हुन् भने प्रचण्डपक्षबाट जनार्दन शर्मा र पम्फा भुषाल रहेका छन् । त्यसैगरी नेता नेपालको समुहबाट कार्यदलमा नेता भीम रावल र सुरेन्द्र पाण्डे छन् ।

कार्यदलले आगामी चार दिनभित्र प्रस्ताव पेश गर्ने एक सदस्यले जानकारी दिए । उनका अनुसार समयसीमा नतोकिएपनि जतिसक्दो सहमतिको प्रतिवेदन तयार गर्न कार्यदल केन्द्रीत हुनेछ ।नेकपामा पार्टी विधानविपरित सरकार र पार्टी सञ्चालन भएको भन्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीको चर्को विरोध हुँदै आएको थियो । त्यसक्रममा ओलीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने भन्दै प्रचण्ड र नेपाल पक्षले चर्को दबाब दिँदै आएका थिए ।

कार्यदलले पार्टीभित्र उठेका विभिन्न विषयको एकीकृत सुझावसहितको प्रतिवेदन बुझाउने छ । जसमा विचारदेखि  महाधिवेशन लगायतका विषय समेटिने छन् । नेकपामा जनताको बहुदलीय जनवाद की जनताको जनवाद मान्ने भन्ने विवाद छ । त्यस्तै महाधिवेशन मंसिरमा कि चैतमा भन्ने पनि विवाद छ । त्यस्तै सहमतिबाट आगामी महाधिवेसनमा नेतृत्व चयन, अहिलेसम्म सरकार तथा पार्टीबाट भएको गल्ती कमजोरी सच्चाउने, आत्मालोचना गर्ने, आगामी दिनमा पार्टी निर्णयबमोजिम राजनीतिक नियुक्ति गर्ने, हालका केही मन्त्री मुख्यमन्त्रीहरु फेरवदल गर्ने लगायतका विषयमा नेकपामा छलफलको विषय बनेको छ । त्यस्तै आगामी पुरै कार्यकाल ओलीले सरकारको नेतृत्व र प्रचण्डले पार्टीको पुरै नेतृत्व गर्ने भन्ने लगभग सहमति भैसकेको छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...