Saturday 11th April 2026

नेपालमा पछिल्लो २४ घण्टामा ५२५ कोरोना संक्रमित थपिए, थप ४ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारिको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २४९५७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ८०२५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १०९ जना कोरोना जितेर घर फर्केका छन् भने  ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बिहिबार अपरान्ह सम्म कुल १६८३७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि  महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, मोरङका ५७ वर्षीय पुरूष र अछामका १८ वर्षीय पुरूषको कोरोनाको कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ । हालसम्म देशभरभा ३८ वटा प्रयोगशालाबाट पीसीआर विधिबाट ४ लाख ८३ हजार  ३८ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १४ हजार ७ सय ६९ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ८ लाख ३७ हजार भन्दा बढि संक्रमित भइ १ करोड ३७ लाख २९ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख ४७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...