Friday 3rd April 2026

पार्टी फुट्न नदिन नेकपा सांसदद्वारा नेतृत्वलाई दबाब (सांसदहरुकाे सूचीसहित)


तितोपाटी – नेकपाका सांसदले आइतबार सिंहदरबारमा कार्यक्रम आयोजना गरी पार्टी फुट्नु कुनै हालतमा उचित नभएको बताएका छन् ।उनीहरूले पार्टी विभाजन गर्न नहुने भन्दै हस्ताक्षर अभियान चलाएका छन् । कार्यक्रममा बोल्दै सांसद विशाल भट्टराईले भने,  ‘अहिले हस्ताक्षर अभियान सञ्चालन गऱ्याैँ, आवश्यक परे पार्टी कार्यालय र नेताहरूको घरमा धर्नासमेत दिनेछौँ । यो झगडा गरेर जुन गाईजात्राजस्तो भइरहेको छ, यो उचित छैन।’ त्यस्तै, रामकुमारी झाँक्रीले अहिले पार्टी विभाजन गरेर फेरि यस्तै ठूलो पार्टी निर्माण गर्न कठिनाइ हुने बताइन् । उनले भनिन्, ‘अहिले पार्टी विभाजन गरेर सानो बोर्ड झुन्डाएको अर्काे पार्टी त बन्ला, तर मुलुक हाँक्ने पार्टी बन्दैन ।’

सुदृढ पार्टी एकीकरणका लागि दबाब दिनुपरेको सांसद सुरेशकुमार राईले बताए । उनले भने, ‘सुदृढ एकताका निम्ति सांसदहरूको तर्फबाट सिंगो देशवासी र पार्टीका माथिदेखि तलसम्मका सबैलाई अपिल गरेका छौँ।’

सांसद गणेश पहाडीले नेतृत्वले एक ठाउँमा बसेर विधि, प्रक्रिया र प्रणालीभित्र बसेर समस्या समाधान नगरे दोस्रो चरणमा समाधानको विकल्पसहित हस्तक्षेपकारी भूमिका खेल्ने बताए । उनले अहिले पार्टीभित्रको अन्तरविरोधलाई लिएर सडकमा भइरहेको पक्ष–विपक्षको नारा, जुलुस बन्द गर्नुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा गणेश पहाडी, सुरेश राई, पार्वती विशुङ्खे, कृष्णप्रसाद दहाल, जीवनराम श्रेष्ठलगायतका सांसदहरूको उपस्थिति थियो।

केन्द्रीय सचिवालयका नेताहरू, स्थायी कमिटी सदस्य र मन्त्रीहरूबाहेकले एकताको दबाबका लागि हस्ताक्षर गरेका छन् ।

अभियानमा ६१ जना सांसदहरूले हस्ताक्षर गरेका छन्।

हेर्नुहाेस् हस्ताक्षर गर्ने सांसदहरुकाे सूची :-

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...