Saturday 21st March 2026

नेपालमा कोरोना संक्रमणको कारण थप ५ जनाको मृत्यु, मर्नेको संख्या ७० पुग्यो


तितोपाटी – कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । केहि दिन यता नियमीत रूपमा कोरोना संक्रमित मरिरहेकोमा हिँजो बिहिबार समेत ५ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाए अनुसार अाज मृत्यु हुनेहरू सबै पुरूषहरू छन् भने ३ जना पर्साका र २ जना सिरहाका रहेका छन् ।

मृत्यु हुनेहरूमा वीरगन्ज माईस्थानका ४५ वर्षीय व्यक्तिको साउन २२ गते पाटन स्वास्थ्य विज्ञान अस्पतालमा मृत्यु भएको हो। उनलाई मधुमेह र उच्च रक्तचाप भएको र श्वासप्रश्वासमा समस्या भई स्टार अस्पतालमा उपचार गराइरहेकोमा साउन १७ गते उनमा कोभिड पुष्टि भएको थियो। उनी आईसीयूमा उपचाररत भएको मन्त्रालयले जनाएको छ।

वीरगन्ज श्रीपुरका ७९ वर्षीय वृद्धको साउन २० गते घरमै मृत्यु भएको थियो। मरणोपरान्त परीक्षण गर्दा साउन २१ गते उनमा कोभिड भएको पुष्टि भएको थियो।

वीरगन्ज श्रीपुरकै अर्का ४७ वर्षीय पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको थियो। उनलाई मधुमेह, उच्च रक्तचाप र मुटुको रोग भएको तथा उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी साउन २० गते अस्पतालमा भर्ना भएका थिए। उनलाई भेन्टिलेटरमा राखिएको थियो।

सिराहा गोलबजारका २५ वर्षीय युवकको धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन २२ गते राति मृत्यु भएको हो। उनलाई मिर्गौलाको समस्या थियो। साउन १८ गतेदेखि जनकपुर अस्पतालमा डायालिसिस गर्न थालिएको थियो। साउन १७ गते सङ्कलित नमुनाको २१ गते परिणाम आउँदा उनमा कोभिड पुष्टि भएको थियो। थप उपचारका लागि उनलाई २२ गते नै धरान पठाइएको थियो।

सिराहा वसन्तपुरका ४५ वर्षीय व्यक्तिको पाटन अस्पतालमा साउन २३ गते बिहान मृत्यु भएको हो। साउम १९ गते कुकुरले टोकेपछि उनलाई अस्पताल भर्ना गरिएको र रेबिज रोगको शङ्का गरिएको मन्त्रालयले जनाएको छ। कोभिड परीक्षण गर्दा शुक्रवार बिहान कोरोनाभाइरस पुष्टि भएको थियो।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...