Tuesday 17th March 2026

रचनाः- सानुको यादमा -छबि राम सुनार “निर्दोष”


मेरो सानू मेरो धड्कन तिमी मेरो रानी ।
मुस्काएर मिठो बोल्ने सधै तिम्रो बानी ।।

हराइ दिने घरी घरी लुटु पुटु गर्ने ।
अङ्गालोमा बेर्ने अनि खुसुखुसु गर्ने ।।

सुम्सुमाउने जताततै टुलुटुलु हेर्दै ।
लजाउँदै घरीघरी लामो श्वास फेर्दै ।।

कति मिठो माया होला कति मिठो बोली ।
सम्झिराछु सानू मैले तिमीलाइ आजभोली ।।

पलपल तिम्रै याद आउँछ आँखा वरिपरि ।
तड्पाइदिन्छ जलाइदिन्छ मुटु घरीघरी ।।

-छबि राम सुनार “निर्दोष”
नवलपुर नेपाल हाल कुवेत


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...