Sunday 24th August 2025

बिरूवा हुर्काउनु छ -बि. आर. उप्रेती


बिरुवा रोप्न सजिलै होला तर हुर्काउन मेहनत गर्नुपर्छ ।
जे पनि भन्न त सजिलो छ तर गर्नुपर्दा गाह्रो सहनुपर्छ ।।

नदि नाला स्व्च्छ पानी आमाले दिनु भएको जानी जानी ।
यस्तो उर्वराको भूमि आमाले दिनु भएको ठानी ठानी ।।

चारैतिर हरियाली अनि ओखती मुलो खाँचो छैन ।
हामीले दृष्टि नदिई बिरुवा फस्टाउन सकेको छैन ।।

बिरुवा रोप्न सजिलै होला …………….
यस्तो भर्खरै बामे सर्ने अबोध शिशुलाई ।
संम्रक्षण त गर्नुपर्छ भन्ने ज्ञान पाई पाई ।।

बिरुवा बढाउन हुर्काउन हामी पछि नपरौं ।
बालकको अगाडि कुस्ती र झगडा नगरौं ।।

-बि. आर. उप्रेती
बारा, नेपाल


सम्बन्धित शीर्षकहरु

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

प्रतिकृयाहरू
...