Saturday 11th April 2026

सच्चा कवि – लोक छन्द (झ्याउरे) -हरि शर्मा (सुबेदी)


लेख्यौ कि कवि कविता कतै कसैको आडमा ।
चाकडी गरी अगाडि जाने सुषुप्त आशामा ।१।

बाचन कतै गर्यौ कि फेरि तालीको भरमा ।
कविता जन्मे अत्यन्तै राम्रो स्वन्त्र घरमा ।२।

थालनी कतै भएछ क्यारे चाप्लुसी खेतीको ।
कविता पढ्दा त्यसैको बीच सुराक भेटियो ।३।

समाजभित्र घटना घटे समाज लुकायो ।
त्यसैको भर इतिहास नि खुसुक्क लेखियो ।४।

दुनियाँ गर्छन् मुसाको दौड अहम तिखार्न ।
पटक्कै पछि पर्दैनन् हेर अरुको बिगार्न ।५।

नपर लट्ठ तालीको भर गाली नि मिल्नेछ ।
खुलेर लेख मनको कुरा सत्यता बढ्नेछ ।६।

कविको मान वर्षमा हैन कृतिमा गनिन्छ ।
सशक्त लेख कविता कवि छिनमै बनिन्छ ।७।

धिक्कार कवि कसैको तिमी भरौटे बनेछौ ।
त्यसैले होला कसैको आड लागेर भुक्दैछौ ।८।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...