Saturday 11th April 2026

कपूत – लोक छन्द (झ्याउरे) -हरि शर्मा (सुबेदी)


कुदिन लाग्दा कुख्यात बनी कोरोना कुर्लियो ।
कसले किन कसरी कहाँ कहेको कुरा यो ।१।

कुजात कति कुकर्म गर्छ भनेर खोजमा ।
कुनामा कतै कुक्रुक्क परी बसेको सोचमा ।२।

कन्चटभरि अनेकथरि तर्कना तर्केका ।
कुजात अनि कुकर्म गर्ने कबाट उब्जेका ।३।

क्यान्सर कोर अत्यन्तै कष्ट बोकेर निस्केका ।
कतिको ज्यान कर्याप्प समाई चपाइदिएका ।४।

क्यान्सर पक्कै कोरको साथ करणी गरेछ ।
कुकर्मबाट जन्मेको पुत्र कोरोना परेछ ।५।

कुपुत्र हो यो कुकर्म गर्छ कुनामा लुकेर ।
कसरी क्वाप्प पारौँला भनी बस्दछ ढुकेर ।६।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...