Sunday 1st February 2026

कपूत – लोक छन्द (झ्याउरे) -हरि शर्मा (सुबेदी)


कुदिन लाग्दा कुख्यात बनी कोरोना कुर्लियो ।
कसले किन कसरी कहाँ कहेको कुरा यो ।१।

कुजात कति कुकर्म गर्छ भनेर खोजमा ।
कुनामा कतै कुक्रुक्क परी बसेको सोचमा ।२।

कन्चटभरि अनेकथरि तर्कना तर्केका ।
कुजात अनि कुकर्म गर्ने कबाट उब्जेका ।३।

क्यान्सर कोर अत्यन्तै कष्ट बोकेर निस्केका ।
कतिको ज्यान कर्याप्प समाई चपाइदिएका ।४।

क्यान्सर पक्कै कोरको साथ करणी गरेछ ।
कुकर्मबाट जन्मेको पुत्र कोरोना परेछ ।५।

कुपुत्र हो यो कुकर्म गर्छ कुनामा लुकेर ।
कसरी क्वाप्प पारौँला भनी बस्दछ ढुकेर ।६।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

प्रतिकृयाहरू
...