Thursday 25th December 2025

पोर्चुगलमा रेलले कारलाई ठक्कर दियो, एकको मृत्‍यु


गणेश पाण्डे-जीएनएन-पोर्चुगल- पोर्चुगलको लिरियामा यात्रुवाहक रेलले कारलाई ठक्कर दिदा एकको मृत्यु भएको छ। लिरिया नजिकै गंदारामा शनिवार बेलुका करिब ५ बजेर ३० मिनेट जादा यात्रुवाहक रेल र कार एक आपसमा ठोक्किदा कार हावामा उछालिएको थियो।

मृतक करिब ४० बर्षका युवा भएको प्रहरीले जनाएको छ।

सो दुर्घटनाका कारण दिनभरी पश्चिम रेल सेवा अवरुद्ध भएको थियो। घटनमा अन्य कोही पनि घाइते नभएको तर रेल पटरीबाट बाहिर गरेको सम्बद्ध अधिकारीहरुले बताएका छन्।

उक्त रेल काल्दास दा रैनाबाट कोइम्ब्राका लागि छुटेको थियो। घटना पश्चात उद्धारका लागि ५ एम्बुलेन्स सेवा र १२ जना उद्धारकर्मीहरु परिचालन गरिएको थियो।

शुक्रवार मात्रै कॊइम्ब्रामा भएको अर्को यात्रुवाहक रेल दुर्घटनामा २ को मृत्यु र ५० जना भन्दा बढी घाइते भएका थिए।


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...