Sunday 11th October 2026

गजल -राम भण्डारी


महल र झुपडी फरक भएर के‌ भो बस्ने बास एउटै हो ।
घराना उच्चनिच फरक भनेर के भो फेर्ने श्वास एउटै हो ।।

फुर्सद कसैलाई पनि छैन हेर बुझिदिने कसले यो कुरा
धनी र गरिब फरक भएर के भो जिउने आश एउटै हो ।।

संसार भर सृष्टि रच्यो ईश्वरले मानव नामको सबै बराबर
वर्ण छालाको फरक भएर के‌ भो रगतको रंग खास एउटै हो ।।

धन हुनेले भोग गर्दछन सबै सुख-सयल पैसाले बाँचुन्जेल तर
चिता चन्दनको बनेर के भो मृत्यु पछि नाम त’लास’एउटै हो ।।

कमाउने होडमा सिमाना मिचेर अकुत आर्जनले सम्पत्ति मात्रै
धेरै ढुकुटीमा भरेर के भो छैन स्वतन्त्र धनकै दास एउटै हो ।।

कसैको पनि मन शान्ति छैन किन हरपल सम्पत्ति कै ध्यानमा
जिवन रंगिन भएर के भो सोच्दछ मात्र धनको राश एउटै हो ।।


सम्बन्धित शीर्षकहरु

नयाँदिल्ली। भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, सहसंयोजक सौरव दास र आशुतोष रङ्का प्रहरी नियन्त्रणबाट रिहा भएका…

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

प्रतिकृयाहरू
...