Saturday 21st March 2026

नेपालमा थप २४७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु, राजधानी उपत्यका उच्च जोखिममा


तितोपाटी – केहि दिन यता नेपालमा कोरोना संक्रमित थपिने क्रम बढेको छ । कोरोनाले सबै भन्दा असर काठमाडाैं उपत्यकामा परेको छ । विगत ३ दिनको रेकर्ड हेर्दा राजधानी उपत्यका उच्च जोखिममा देखिएको छ। काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १९५४७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५२४७ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २२७ जना कोरोना जितेर घर फर्केका छन् भने थप ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बिहिबार अपरान्ह सम्म कुल १४२४८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मोरङ जिल्ला सुनसरी नगरपालिका ८ निवासी ४५ वर्षीय पुरुष, पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ७ निवासी ७० वर्षीय पुरुष र पर्सा वीरगन्ज महानगरपालिका ५ निवासी ६८ वर्षीय पुरूष गरी ३ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख ६४ हजार  ६ सय ४८ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १३ हजार २ सय १ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ७२ लाख १८ हजार भन्दा बढि संक्रमित भइ १ करोड ७ लाख २९ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ७० हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...