Thursday 15th October 2026

लोक दोहोरी गायक सागर खड्काको तीज कोसेली “मालती मंगले” युटुब मार्फत बजारमा


तितोपाटी – लोक दोहोरी गायक सागर खड्काको तीज कोसेली “मालती मंगले” गीत डि जि एस नेपालको युटुब च्यानल मार्फत  सार्वजनिक भएको छ । तीज नजिकिंदै गर्दा गत हप्ता मात्रै गायक खड्काको यो गीत दिपा कोइरालासँगको संयुक्त प्रस्तुतिमा सार्वजनिक गरेका हुन् । यस गीतमा गायकलाइ अहिलेकी निकै चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारले गायनमा साथ दिएकी छन् ।

निकै मिठो तीजै भाकामा गाइएको यो गीतमा गायक स्वयंको शब्द संकलन र निर्देशन तथा झलक संगीतमको संगीत रहेको छ भने मोडलहरू रेशम खनाल, स्वास्तिका बस्नेत र बिन्दु क्षेत्रीले अभिनय गरेका छन् । नेपाली समाजमा तीज सम्बन्धि विकृति फैलाउने विभिन्न गीत अाइरहेका बेला गायक खड्काले सबैलाइ सुपाच्य हुने मिठो तीज कोसेली पस्केका छन् ।

डि जि एस नेपालको अडियो तथा भिडियो रहेके मालती मंगले तीज गीतको कोरियोग्राफी मधु परियारले गरेकी छन् । त्यसै गरि भिडियोग्राफी माधब पाैडेलले गरेका छन् भने युनिक मुभि बुटवलको प्रोडक्सन रहेको उक्त गीतको सम्पादन विजय पोखरेलले गरेका हुन् । वैदेशिक रोजगारीको अनुभव संगाली सकेका र धेरै गीतहरू सृजना गरी स्वयंको गायनमा एल्बमहरू निकाली सकेका गायक खड्काले यस पटकको तीज गीतमा भने गाउँ घरका दैनिकीहरूलाइ मिठो रूपमा शब्द जाल बुन्दै लयमा प्रस्तुत गरेका छन् ।

भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नहोलाः


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...