Sunday 1st February 2026

गजल -हरि शर्मा(सुबेदी)


गजल
*****

चिनेको छैन हत्त न पत्त बोल्नको हतार ।
नखोली मन लगाको बस्त्र खोल्नको हतार ।१।

देखिन्न कतै गएछ कता पबित्र प्रेम त्यो
सिन्किको मोल तोकेझैँ गरी मोल्नको हतार ।२।

पवित्र प्रेम इश्वरको अंश सत्यता लुकेको
पापको गोली बिछोड ल्याई घोल्न्को हतार।३।

औँशीमा शुरु भएको प्रेम भेटेन पुर्णिमा
पिरको राप निकाली प्रेम पोल्नको हतार ।४।

काँचको चुरा सरी भो प्रेम पिटिक्क भाँचिने
सुन्दर शान्त संसार त्यो बिथोल्नको हतार ।५।

हरि शर्मा (सुवेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

प्रतिकृयाहरू
...