Friday 11th September 2026

अनुदानमा घोटाला(लघुकथा) -सुशिल बस्याल


सुशिल बस्याल – घनघोर बस्तिमा गरिब रामकृष्णको पनि एक झुपडी थियो। कृषि पेसामा आबद्ध थिए। धेरै जना कृषकहरु बिभिन्न उतारचढावको बिचमा पनि कृषि पेशा अपनाइ राखेकै थिए। रामकृष्णको परिबार बिपन्न परिबार वर्गमा पर्थ्यो । त्यसै कारण होला सधै हेपाई सहिराख्नु परेको । ॠण लिई खेतीपाती गरेको परिवारलाई साहुले हप्काउनु कुनै नौलो कुरा थिएन । मिहिनेत अनुसारको उपलब्धी नभए पनि कृषि ब्यवसायिकरणमा नै जोड दिएका बिपन्न परिबार सधै अनुदानमा बन्चित हुन्थे ।

नेपाल कृषि प्रधान देश भए पनि निर्यात भन्दा आयात नै बढि हुने । त्यस माथि कृषि नै नगरी,ओछ्यानमा सुतेर र कुर्चिमा बसेर तन्दुरी जस्तै राजनीति पोलेर झुठा आसवासनले माग गरि घोटला गर्दछन । मजदुरी गर्ने गरिबहरू सडकमा सुतेर दिन बिताउन बाध्य छन । बिहान देखि साँझ सम्म खेतवारीमा खेती गर्ने कृषकलाई वर्ष भरी खान अन्न पुग्दैन । परिश्रम गरि लगाएको तरकारी, फलफुल बिक्री हुँदैन तर सरकारबाट कृषि व्यावसायिकरणमा जोड दिन यति रकम बिनियोजन भयो भन्ने खबर रेडियोमा सुनिराख्दा गरिव बिपन्न परिवार माथि घाउ माथि नुन चुक हाले जस्तो हुन्छ ।

तलबाट ठुला ठुला खोला बग्छन तर माथिका खेत प्याट्ट प्याट फुटेका छन । सिचाईको पाईप जति धनी बर्गलाई । बिचरा! कठै भन्ने ब्यक्ति हरु कोहि निस्केनन् । एकदिनको कुरो हो, अनुदान दिएकाहरुको अनुगमन गर्दा केही भलादमीहरुले त्यसै अनुदान पाएको प्रस्ट देखियो । रामकृष्ण जस्ता गरीब ,मिहिनेती ब्यक्तिले अनुदान नपाएको पनि छर्लङ्ग। भयो । अनुदानमा घोटाला नगर्न रामकृष्ण जस्ता कैयौ कृषकले माग गरे । माग सुनवाई हुनु पर्छ भनी गरीब कृषकहरुले जुलुस पनि निकाले। कृषि नगरी अनुदान माग गरेको र अनुगमन नगरी अनुदान दिइएकाहरु कानुनी दायरामा परे ।

नोटः- कथा काल्पनिक हो कसैको जीवन सङ्ग मेल खाए संयोग मात्र हुने छ ।

बगनासकाली ८ बराङ्दी बेलौतिखरक


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...