Friday 27th March 2026

रचना -प्रदिप राहादी “दृष्टिकोण”


प्रतिरोध हुन्छ र अवरोधहरू आउँछ मनन गर्नुपर्छ ।
परिस्कृत अर्थात परिमार्जित गर्दै सम्पादन गर्नु पर्छ ।।

आकार र भविष्यको मोडेल तयार पार्नु अगावै
प्रेममा शर्तहरू जस्तैः ऐक्यवद्धता र वचन गर्नुपर्छ ।।

विचार-विमर्श ! जबर्जस्त पुग्छ पुग्दैन उचाइमा
कहिँ कतै अप्ठ्यारोमा गाेरेटो परिवर्तन गर्नुपर्छ ।।

प्रायः एकैनास गजल, पजल स्वतःफुर्दैनन् गाँठे
कहिलेकाहीँ मसस्तिष्कलाइ प्रवर्धन गर्नुपर्छ ।।

प्रयोगात्मक र यो अहस्तक्षेपको सिद्धान्त महोदय
परिक्षण गर्दै प्रतिफलको साथ समापन गर्नुपर्छ ।।

-प्रदिप राहादी “दृष्टिकोण”


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...