Thursday 15th January 2026

रचना -प्रदिप राहादी “दृष्टिकोण”


प्रतिरोध हुन्छ र अवरोधहरू आउँछ मनन गर्नुपर्छ ।
परिस्कृत अर्थात परिमार्जित गर्दै सम्पादन गर्नु पर्छ ।।

आकार र भविष्यको मोडेल तयार पार्नु अगावै
प्रेममा शर्तहरू जस्तैः ऐक्यवद्धता र वचन गर्नुपर्छ ।।

विचार-विमर्श ! जबर्जस्त पुग्छ पुग्दैन उचाइमा
कहिँ कतै अप्ठ्यारोमा गाेरेटो परिवर्तन गर्नुपर्छ ।।

प्रायः एकैनास गजल, पजल स्वतःफुर्दैनन् गाँठे
कहिलेकाहीँ मसस्तिष्कलाइ प्रवर्धन गर्नुपर्छ ।।

प्रयोगात्मक र यो अहस्तक्षेपको सिद्धान्त महोदय
परिक्षण गर्दै प्रतिफलको साथ समापन गर्नुपर्छ ।।

-प्रदिप राहादी “दृष्टिकोण”


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...