Monday 16th March 2026

आखिर चिता एकै – छन्द: सबाई -हरि शर्मा (सुबेदी)


आखिर चिता एकै
छन्द: सबाई
*********
झुप्रो छाडी महलमा किन होला गाको ।
सिउँदोमा मोती हैन सिन्दुर नै लाको । १।

फूलमाला लत्याएर हार किन्न गाको ।
सुगन्ध आउँदैन नि किन सुँघ्न लाको ।२ ।

भुवादारी पलङ छ निद्रा भने छैन ।
गद्दा तर दुई निद्रा सुत्ने चाहीँ हैन ।३ ।

भएपनि हिरामोती चम्काउने आँखा ।
हित गर्छ जीवनमा पिरतीको भाखा ।४ ।

धनी गरीब कालको कुनै भेद छैन ।
मर्दा हुन्छ एक चिता दुई चिता हैन ।५ ।

 

हरि शर्मा (सुबेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...