Sunday 11th January 2026

कुवेतमा ज्यान गुमाएका कुमार गुरुङको परिवारलाई आर्थिक सहयोग


तितोपाटी डटकम – पोखरा घर भई कुवेतमा गत जुलाई-१४,२०२० का दिन ज्यान गुमाएका प्रेम(कुमार) गुरुङको परिवारलाई मृतक संगै काम गर्ने साथीहरु मिलेर २३६ केडी (रू. ९०,६४१.१३० नब्बे हजार छ सय एकचालिस रुपैया एक सय तिस पैसा)आर्थिक सहयोग गरेका छन।काम गर्ने स्थलमा बिहानको खाज खाएर कुर्सीमा बसी रहेको बेला ढेलेका कुमारलाई अस्पातल पुर्याउदा हृदयघातको कारण मृत्‍यु भएको बताईएको थियो।

अल मिश्रक(Al mishraq) कार वास कम्पनीमा सबारी चालकका रुपमा कार्यरत दया शाक्य र रमेश विश्वकर्माको पहलमा २३६ केडी संकलन गरि सहयोग मृतकको परिवारलाई पठाइएको हो। मृतक कुमार गुरुङको श्रीमती लक्ष्मी कुमारी गुरुङको नाममा सहयोग पठाइएको दया शाक्यले तितोपाटी डटकमलाई बताए। उनले थपे”बिगत १६ बर्ष देखी कुवेतमा काम गर्दै आएका करिब ५१ बर्षिय मृतक प्रेम गुरुङको घरमा श्रीमती र एक छोरा रहेका र उनीहरुको आर्थिक स्थिती कमजोर भएको हुनाले तत्कालका लागि हामीले केही सहयोग गरेका हौ।”


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...