Tuesday 10th March 2026

चार्टर उडान मार्फत नेपाल यात्राको मेरो सुखद अनुभव


पुस्कर भण्डारी – सुखद यस मानेमा कि जति दुःख हुन्छ भनेर सोचेको थिएँ र मानसिक रुपमा त्यो सहन तयार भएर आएको थिएँ त्यस्तो केहि भएन।

सर्वप्रथम त प्रवासमा रहेर नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ हर किसिमले सहयोग गर्दै आउनु भएको कोसेली न्युज टिम र कुवेत रेष्पोन्स टिम र सामाजिक संजालका हरेक कृयाशिल सदस्यहरूलाइ हृदय देखि नै नमन ।
तपाईहरुबाट नै अपडेट खोज्दै आफ्नो देश र आफ्नो परिवार सम्म आइपुग्न म सफल भए।

तपाईंहरुको सुकर्मको मुल्यांकन समयले गर्ने नै छ ।
अनि सहयोग पाउने ति आत्माहरुको आशीर्वाद र तपाईंहरूले पाउने आत्मा सन्तुष्टिलाइ केहिले जित्छ जस्तो लाग्दैन।
फेरि पनि धन्यवाद ।

म कुनै समस्यामा त थिइन तर मलाई मेरो घर आउनु थियो । अन्तर्राष्ट्रिय उडानहरु बन्द हुनु अघि नै इमर्जेन्सिमा आउने प्रयत्न नगरेको हैन तर कागजपत्र पुरा गर्दा गर्दै अलि अलि बाँकी महङ्गा टिकट पनि सकिएछ्न । राजिनामा गरियो ३ महिनाको service period कोठैमा बसेर कटाएँ।

फर्कने टिकट कम्पनिले दिन्थ्यो समस्या मात्र टिकट पाउनुमा थियो। निरन्तर दवाब र Follow up पछि कम्पनि ले १६० के डि तिरेर 18 july को जजिरा एयरको टिकट काटिदिएछ।
अब मात्र flight cancel नभए हुन्थ्यो भन्ने थियो ।
बिहान ८ बजेको flight को लागी राती १२ बजे नै एयरपोर्ट पुग्नु पर्ने कुरा आयो । हामी ५ जना थियौ सबै मिलेर माइक्रोवस नै रिजर्भ गर्यौ । टिकटको फोटोकपी ड्राइभलाइ दिएपछी पुलिसले पनि केहि नभन्ने रहेछ ।

एयरपोर्ट आइयो लगभग ४ घन्टा बाहिर खुल्ला हलमा कुरियो । गर्मीको परवाहा गरिएन इनर्जी पुरा थियो । ४ घन्टा पछि कोरोना परीक्षण शुरु भयो । आर डि टि परिक्षण सकिसके मात्र पछि अरु प्रकृया शुरु हुने रहेछ ।

एयरपोर्टको दृश्य अलि फरक थियो। मलिन अनुहार , केहि डर र यात्रुहरुमा उर्जाहिनता ! सायद मन नहुँदा नहुँदै फर्किदै हुनुहुन्थ्यो धेरै साथीहरू । दुइ चार जनालाइ सोधी हेरें कम्पनीले कामवाट निकालेर फर्किन लागेको पाइयो।

सबै प्रक्रिया पुरा गरिसके पछि ८ बजे तोकिएकै समयमा जहाज उड्यो । जहाज भित्र क्याविन क्रु ले कोरोनाको क पनि उच्चारण गरेनन् । म अचम्ममा परें ,१६० के डि तिरेर काटेको टिकक जहाजका सिटहरु लामो दुरिका बसको जत्तिको नि थिएनन् । निदाउन त के सजिलो सग बस्न नि सकिएन। प्रत्येक सिटमा यात्रु चड्नु अघिनै कागजका ब्याग हरु थिए । खोलेर हेरें एउटा ब्रेड,जुस,पानी र किट्क्याट ।
ठिकै रैछ , किट्क्याट र पानी चाही लिएं। मास्क पनि नखोली पिसाब रोकेर काठमाडौ एयरपोर्ट झरियो, एउटा कुनामा गएर एक बोटल पानी घट्घटी पिए अनि लामो श्वास फेरें।

एयरपोर्टमा केहि झन्झट भएन। समान रिसिभ गरिसके पछि नेपाली सेनाले प्रदेश अनुसारको गाडीमा जान भन्नु हुँदो रहेछ।
पुर्ण रुपमा contact less रहने नियमको कारण कसैले पनि सामान उठाउन सहयोग नगरेको जानकरी पाइयो। केहि सहयोग चाहिएको खण्डमा आफुसगै आएको साथिलाइ अनुरोध गर्न सकिने रहेछ।

नेपाल आउँदा भर्नु पर्ने फम कोरिना परिक्षण गर्ने ठाउँमा र जहाजमा पनि दिएको थियो तर नभरे पनि हुने रहेछ।
त्यो फर्म होल्डिङ सेन्टरमा नेपाली सेना लाइ बुझाउनु पर्ने तर नेपाली सेनाले फर्म त्यही सोधेर अनलाईन भर्ने रहेछ । उतै बाट भरेर ल्याएको फर्मको काम लागेन । नेपाली सेनाले यसरी सम्मान गरेर बोलेको पहिले कहिलै सुनिएको थिएन यहा सुनियो सबै लाइ सर,हजुर, तपाईं …
सायद कमान्डिङ मा रहने ब्यक्तिमा फरक हुँदो होला।

सबै भन्दा महत्त्वपूर्ण कुरा यहाँ तपाईंले ३ वटा विकल्प छ्नोट गर्नु पर्ने रहेछ । सरकारी क्वारेन्टाइन ,होटल क्वारेन्टाइन वा होम क्वारेन्टाइन । सरकारी क्वारेन्टाइन बस्नेलाइ नेपाली सेनाले खाना खुवाउने र आफैले गाडी रिजर्भ गरेर आफ्नो स्थानीय निकाए सम्म जानु पर्ने रहेछ । होटलमा बस्ने त्यहीबाट एउटा ट्याक्सी लिएर उसको पनि बिवरण राखेर होटेल जान सकिने रहेछ र होम क्वारेन्टाइन बस्छु भन्नेले जहाँ होम क्वारेन्टाइन बस्ने हो त्यो स्थानीय निकायको सिफारिसको साथ आफ्नो अभिभावक बोलाएर उसैको जिम्मामा घर जान पाइने रहेछ र पछि कुनै लक्षण देखिएको अवस्थामा परिक्षण गर्न जानु पर्ने नभए आफ्नो मर्जी।

आशा छ मेरो अनुभवबाट केहि जिज्ञासा हल भए होलान।
स्वस्थ रहनुस ,शुरक्षित रहनुस ।
नमस्कार ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...