Thursday 3rd September 2026

म्याग्दीका बिभिन्न ठाउँमा पहिरो खस्दा ३२ जना बेपत्ता


म्याग्दी जिल्लाका विभिन्न ठाउँमा पहिराेमा परेर ३२ जना बेपत्ता भएका छन् । धाैलागिरी, मालिका र मंगला गाउँपालिकामा खसेकाे पहिराेमा ३२ जना हराइरहेकाे म्याग्दी प्रहरीले जानकारी दिएकाे छ ।

धाैलागिरीकाे मराङमा मात्र २२ जना पहिराेमा हराइरहेकाे म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले जानकारी दिए ।

धाैलागिरीकै ताकममा २ जनाकाे ज्यान गइसकेकाे खबर आएकाे छ,त्यहाँका जनप्रतिनिधिबाट । मालिका गाउँपालिकामा पनि ८ जना हराइरहेकाे खबर आएकाे छ,’ डिएसपी कुँवरले भने, ‘मंगला गाउँपालिकामा समेत गरी ३२ जना हराइरहेकाे खबर आएकाे छ ।’

ठाउँ-ठाउँमा पहिराे खसेर बाटाे छेकेका कारण उद्दारमा जानसमेत अबराेध भएकाे उनले जानकारी दिए । उनकाअनुसार दरबाङ र सिमचाैर भन्ने ठाउँमा एउटा टाेली राेकिएकाे छ । बागलुङबाट बिपत् ब्यवस्थापन टाेली, सशत्र, सेना, प्रहरी र जनप्रतिनिधि उद्दारमा गइरहेका छन् तर पहिराे छिचाेल्न समस्या परेकाे छ ।

गाडी जान सक्ने अवस्था छैन । पहिराेकाे बीचमा फसेका अरू सिंगा ताताेपानीबाट २ जनालाई उद्दार गरिएकाे उनले जानकारी दिए ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

प्रतिकृयाहरू
...