Wednesday 21st October 2026

सरकारले जिल्लागत रूपमा सार्वजनिक यातायात चलाउन दिने


तितोपाटी – सरकारले सार्वजनिक यातायात सशर्त सञ्चालन गर्न दिने निर्णय गरेको छ। काठमाडाैं उपत्यकाका तीन जिल्ला र उपत्यका बाहिरका सम्बन्धित जिल्ला भित्र मात्र संचालन गर्न पाउने गरि सार्वजनिक यातायात  संचालन गर्नलाइ सरकारले खुल्ला गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना गरिने नियमित पत्रकार सम्मेलनका क्रममा बिहीवार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सवारीसाधन सञ्चालनसम्बन्धी निर्णयबारे जानकारी गराएका हुन्।

सार्वजनिक यातायातमा यात्रा गर्दा स्वास्थ्य मापदण्ड पालना अनिवार्य गरिएको र यात्रु चढ्ने वेलामा सवारीसाधनको ढोकामा र सवारीसाधनभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ भने चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्नेछ ।

त्यस्तै, सवारीसाधनलाई दैनिक निसंक्रमित गर्नुपर्नेछ । यातायात संचालन गर्दा पर्ने अार्थिक भारलाइ कम गर्न ५० प्रतिशत भाडा वृद्धि गरिएको छ भने सार्वजनिक सवारीसाधनले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाउनेछन् । ढोकामा स्यानिटाइजर राख्नुपर्ने र सवारीसाधनभित्र सामाजिक दूरी हुने गरी यात्रु राख्नुपर्ने नियम लागू गरिएको छ । जोर–बिजोर प्रणाली सार्वजनिक यातायातका लागिसमेत लागू हुनेछ । सार्वजनिक सवारीसाधनलाई सफा राख्नुपर्नेछ ।

त्यसै गरि ट्याक्सी ब्यावसायीहरूले भने २ जना मात्रै यात्रु राख्न पाउने छन् भने ट्याक्सीको भाडा भने बढाउन पाइने छैन ।

 


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...