Thursday 3rd September 2026

नेपाल प्रहरीको महानिरिक्षकमा शैलेश थापा नियुक्त


तितोपाटी – नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा अतिरिक्त महानिरिक्षक शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ ।मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आइजीमा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

२०४९ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)को रुपमा सेवा प्रवेश गरेका थापाले एकै ब्याचका अर्का प्रतिष्पर्धी एआईजी हरिवहादुर पाललाई उछिन्दै महानिरीक्षक बन्न सफल भएका हुन् । नवनियुक्त महानिरीक्षक थापा हाल प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत छन् । बढुवासँगै थापा नेपाल प्रहरीको २८ औं महानिरीक्षक बनेका छन् । थापा २०७६ चैत ९ गते नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा भएका थिए । ३० वर्षे सेवाअवधिका कारण हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बिहीबारबाट अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा थापालाई बढुवा गरिएको हो ।

प्रहरी नायव उपरीक्षकबाट अतिरिक्त प्रहरी महानिरीक्षक बढुवा हुँदा कार्यसम्पादन मूल्याङ्कनका आधारमा १ नम्बरमा रहेका थापालाई वरिष्ठताकै आधारमा मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको हो । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा प्रहरीभित्र व्यवसायिक र इमान्दार अधिकृतका रुपमा चिनिन्छन् । २०२५ मंसिर २ गते भक्तपुरको कटुञ्जेमा जन्मिएका उनले २०४९ वैशाख १९ गते निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।

यस अघिका महानिरिक्षक नियुक्त गर्न निकै रस्साकस्सी हुने गरे पनि यस पटक भने त्यस किसिमको गुन्जायस देखिएन।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

प्रतिकृयाहरू
...