Friday 20th March 2026

भुवन केसीले कलाकार संघमा निवेदन दिँदै भने : मैले दुर्व्यवहार गरेको छैन


नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई कुनै दुव्र्यवहार नगरेको बताएका छन् । उनले आज नेपाल चलचित्र कलाकार संघमा आफूमाथि लगाइएको आरोपबारे छानिबन गर्न  निवेदन दर्ता गराएर  शाहमाथि दुव्र्यहार नगरेको बताएका हुन् ।

केसीले  आफूमाथि नायिका साम्राज्ञीबाट विभिन्न आक्षेप/आरोपहरु लगाई चरित्र हत्या गर्न खोजिएकाले आवश्यक छानबिनका लागि निवेदन दिएका हुन् ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्स्टाग्राममा केही दिनअघि भिडियो पोस्ट गरेर  पाँच वर्षअघि आफूमाथि ठूला ब्यानरका चलचित्र निर्माताहरूबाट दुर्व्यवहार भएको बताएकी  थिइन्  । साम्राज्ञीको भिडियोको खण्डन गर्दै केसीले फेसबुकमा प्रतिवाद गरेका थिए । यसपछि साम्राज्ञीले भिडियोमार्फत आपूmमाथि दुव्र्यवहार भएको अडान लिएकी थिइन् ।

केसीले पाँच–छ वर्षअगाडि निर्माण गरिएको चलचित्र ‘ड्रिम्स’ मा साम्राज्ञीलाई कुनै दुव्र्यवहार नगरेको बताएका छन् । ‘यो कुरा त्यतिखेर काम  गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि हुन्छ,’ निवेदनमा उल्लेख छ ।

केसीले भए–नभएको कुरालाई सामाजिक सञ्जालमा राखी युट्युबलगायत विभिन्न सञ्चारमाध्यममा आफ्नो चरित्रहत्या गर्ने दुस्साहस गरिएकामा आपत्ति जनाउँदै लेखेका छन्, ‘सम्पूर्ण चलचित्र क्षेत्रको नै बदनाम भएको अनुभव गरी त्यस सम्बन्धमा छानबिन गरी आमदर्शक  र चलचित्र क्षेत्रलाई जानकारी गराइदिन निवेदन गर्दछु ।’

उनले चलचित्रकर्मीकाे हकहितका लागि  कलाकार संघले सशक्त आवाज उठाइरहेकाले यो आरोपका सम्बन्धमा  उचित छानबिन गर्न संघलाई अनुरोध गरेका हुन् ।

-नागरिक न्युजबाट 

सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...