Wednesday 21st October 2026

केहि मुक्तकहरू -राम भण्डारी


केहि मुक्तकहरू

१
चाहेर समय रोक्न सकिन्न यहाँ ।
आँटेर सागर छोप्न सकिन्न यहाँ ।
ढाँट्नु मानवको मुर्खता मात्रै हो
फलामे रोटी टोक्न सकिन्न यहाँ ।

२
मेरा दुई आँखाको नानी कोसेली ।
निश्चल झरनाको पानी कोसेली ।
तिमीलाई हेरेर जिबन रमाई रहेछ
मेरो दिल-दरवारको रानी कोसेली ।

३
खोजी खोजी फल खाउ बोट नगन ।
चोखो मनको सेवालाई खोट नभन ।
घेरिएको छु स्वार्थी संसार बाट यहाँ
चुपचाप मार खाँदै जाउ चोट नगन ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...