Friday 30th January 2026

कुवेतमा कोरोनाको कारण थप एक नेपालीको मृत्यु


तितोपाटी – कुवेतमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । तितोपाटी डट कम लाइ ढिलो गरि प्राप्त जानकारी अनुसार कुवेतमा ट्याक्सी ब्यावसायीको रूपमा कार्यरत छबिलाल पाण्डेको कोरोनाको कारण मृत्यु भएको हो । यस अघि नै ३ जना नेपालीहरूले कोरोनाको कारण ज्यान गुमाइसकेको मध्यपुर्वको राम्रो रोजगार गन्तब्य मानिएको कुवेतमा चाैथो ब्यक्तिको पनि कोरोनाको कारण मृत्यु भएपछि सिंगो नेपाली समाज कुवेत नै अतालिएको अनुभव गरिएको छ ।

कोरोनाको कारण ज्यान गुमाएका ३४ वर्षीय पाण्डे गत मेइ २७ तारिक देखि अस्पतालमा उपचाररत थिए भने गत जुन ९ तारिक कुवेतको सेख जाबर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

यस अघि कम्पनिमा कार्यरत रही हाल ट्याक्सी ब्यावसाय गरिरहेका पाण्डेका घरमा श्रीमती र दुइ छोरा छोरी छन् भने लकडाउन भन्दा केहि महिना पहिले मात्रै उनी छुट्टी बिताएर नेपालबाट फर्केका थिए ।

मृतक पाण्डे अर्घाखाँची घर भइ विगत लामो समयदेखि कुवेतमा कार्यरत थिए भने उनी कुवेतमा रहेको सिर्जनशीलय युवा समाज कुवेत सम्वद्ध रहेर समुदायमा चिनिएका थिए ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...