Thursday 1st October 2026

केहि मुक्तकहरू – राम भण्डारी


केही मुक्तकहरू

१
अस्ति मात्रै छिमेकबाट कलह आयो रे ।
एकपछि अर्को घटनाले पलट खायो रे ।
नेपालीको दुर्भाग्य वा नियतिको नियत
सुन्दैछु फेरि गाउँ गाउँमा सलह आयो रे ।

२
हिजोआज बजारमा कोरोना जन्तर आयो रे ।
चाईना बाटै उत्कृष्ट चाईनिज मन्तर आयो रे ।
भन्नुहोस् न कमरेड कोरोना र सलह भाग्ला
बेसार, पानी, टिमुर बिद्या धनवन्तर छायो रे ।

३
जति गल्ती गरें अब कहिल्यै गर्नेछैन ।
तिम्लाई चोट पर्ने काम कैैल्यै गर्नेछैन ।
बाचा गर्छु प्रिय तिमी अब बिस्वास गर
तिमी पाखा अरु काख कैल्यै गर्नेछैन ।

-राम भण्डारी


सम्बन्धित शीर्षकहरु

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

प्रतिकृयाहरू
...