Wednesday 11th March 2026

आयोगमा निवेदन दिएको नेकपा एमालेका २१ पदाधिकारी को-को?


निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको एमालेले झन्डामा सूर्य चिन्ह राखेको छ। मोरङको विराटनगर महानगरपालिका-६ की सन्ध्या तिवारीको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नामको पार्टी दर्ता गर्न आइतबार निवेदन परेको थियो।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तिवारीको अध्यक्षतामा पार्टी दर्ताका लागि निवेदन आएको बताए।‘दलको विधान, नियमावली, घोषणापत्र, झन्डालगायत विवरणसहित निवेदन परेको छ,’ श्रेष्ठले भने। उनीहरूको निवेदन दर्ता गरेर दल दर्ताका लागि आवश्यक काजगात जुटाउन ४५ दिनको म्याद पाएका छन्।

‘पेश हुन आएका कागजातहरू कानुन बमोजिम छ कि छैन आयोगले हेर्दैछ,’ उनले भने, ‘२१ जनाको कार्यसमितिको नाम उल्लेख छ। अब आयोगले नामअनुसार हस्ताक्षर भेरिफिकेसनलगायतका काम गर्छ।’उनीहरूले पाँच सय जनाभन्दा बढीले दलमा आवद्ध हुने प्रतिवद्धता जनाएको हस्ताक्षर पनि आयोगमा पेश गरेका छन्।

उक्त पार्टीले झन्डाको नमूना पनि पेश गरेको छ। जसमा डाँडाको बीचबाट सूर्य उदाएको चिन्ह राखिएको छ। तर झन्डाको व्याख्या भने गरिएको छैन।सत्तारूढ नेकपाको स्थायी कमिटी बैठकमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग एमाले नामको पार्टी दर्ताका लागि आयोगमा निवेदन परेकोबारे जवाफ मागेका थिए।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू नेकपाको अध्यक्ष भएकोले एमाले कसले दर्ता गर्न लागेको आफूलाई जानकारी नहुने जवाफ दिएका थिए।

को-को छन् पदाधिकारी?

सन्ध्या तिवारी- अध्यक्ष

भगवती खड्का- उपाध्यक्ष

मनिष उपाध्याय- महासचिव

अस्मिता सुनार

दावा  लामा।

जयाराम रावत

खगेन्द्रप्रसाद भुसाल

हिराबहादुर बोहरा

राधा पुरी

तारादेवी शाही

पवन बिष्ट

निलम पोखरेल

किरण लामिछाने

उमेश महतो

उशाकुमारी झा

प्रदीपराज गिरि

पूर्णिमा तामाङ

निश्चल बस्नेत

सञ्जिव विष्ट

विनिता कार्की

विमला बिष्ट

सेतोपाटीबाट 


सम्बन्धित शीर्षकहरु

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

प्रतिकृयाहरू
...