Thursday 16th May 2024

नेपालमा एकै दिन ४६२ जनाले कोरोना जितेर डिश्चार्ज भए, संक्रमितको संख्या १४ हजार नाघ्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा एकै दिन ४६२ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् भने संक्रमितको संख्या १४ हजार नाघेको छ । नेपालमा लकडाउन शुरू भएको १०० दिन पुग्दा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १४०४६ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको र देशका विभिन्न अस्पताल तथा अाइसोलेसन सेन्टरमा गरि जम्मा १०३६० जना उपचाररत रहेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बुधबार अपरान्ह सम्म कुल ३६५६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि अछामका ४५ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको छ भने हाल सम्म ३० जनाको कोरोनाको कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । हालसम्म देशभरका २३ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि २ लाख ३३ हजार २ साय २७ जनाको परीक्षण भएको  छ भने क्वारेन्टाइनमा ४८ हजार ३ सय ६२ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले मिडिया ब्रिफिङमा बताए अनुसार शुरूमा कोरोनाको परिक्षण गर्न स्वाव विदेशमा पठाइए पनि हाल मुलुकका २३ वटा ल्याब मार्फत परिक्षण गरिदै अाएको छ भने निकट भविष्यमा थप १० वटा ल्याब स्थापना गरि ३३ वटा ल्याब मार्फत परिक्षण गर्न लागिएको जनाइएको छ । सबै प्रदेशमा ल्याब पुर्याइएको जनाउँदै स्वास्थ्यकर्मीहरूलाइ कोभिड-19 सम्बन्धी तालिमको ब्यवस्था गरिएको, विभिन्न प्रदेशका कोभिड अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी खटाइएको, कोभिड – 19 सम्बन्धी जम्मा ३२ वटा विभिन्न कार्याविधि, निर्देशिका र मापदण्ड जारी गरिएको, स्वास्थ्यकर्मी लगायत सरोकारवाला सबैलाइ वीमा सुविधा एवं स्वास्थ्य भत्ता उपलब्ध गराइएको जनाएको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ६ लाख १६ हजार भन्दा बढि संक्रमित भइ ५८ लाख २४ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ५ लाख १४ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

प्रतिकृयाहरू
...