Thursday 14th May 2026

नेपालमा एकै दिन ४६२ जनाले कोरोना जितेर डिश्चार्ज भए, संक्रमितको संख्या १४ हजार नाघ्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा एकै दिन ४६२ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् भने संक्रमितको संख्या १४ हजार नाघेको छ । नेपालमा लकडाउन शुरू भएको १०० दिन पुग्दा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १४०४६ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको र देशका विभिन्न अस्पताल तथा अाइसोलेसन सेन्टरमा गरि जम्मा १०३६० जना उपचाररत रहेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बुधबार अपरान्ह सम्म कुल ३६५६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि अछामका ४५ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको छ भने हाल सम्म ३० जनाको कोरोनाको कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । हालसम्म देशभरका २३ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि २ लाख ३३ हजार २ साय २७ जनाको परीक्षण भएको  छ भने क्वारेन्टाइनमा ४८ हजार ३ सय ६२ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले मिडिया ब्रिफिङमा बताए अनुसार शुरूमा कोरोनाको परिक्षण गर्न स्वाव विदेशमा पठाइए पनि हाल मुलुकका २३ वटा ल्याब मार्फत परिक्षण गरिदै अाएको छ भने निकट भविष्यमा थप १० वटा ल्याब स्थापना गरि ३३ वटा ल्याब मार्फत परिक्षण गर्न लागिएको जनाइएको छ । सबै प्रदेशमा ल्याब पुर्याइएको जनाउँदै स्वास्थ्यकर्मीहरूलाइ कोभिड-19 सम्बन्धी तालिमको ब्यवस्था गरिएको, विभिन्न प्रदेशका कोभिड अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी खटाइएको, कोभिड – 19 सम्बन्धी जम्मा ३२ वटा विभिन्न कार्याविधि, निर्देशिका र मापदण्ड जारी गरिएको, स्वास्थ्यकर्मी लगायत सरोकारवाला सबैलाइ वीमा सुविधा एवं स्वास्थ्य भत्ता उपलब्ध गराइएको जनाएको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ६ लाख १६ हजार भन्दा बढि संक्रमित भइ ५८ लाख २४ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ५ लाख १४ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...