Sunday 24th May 2026

भन्सारमा कोरोना असर – एघार महिनामा साढे ६२ प्रतिशत मात्र राजश्व संकलन


भैरहवा -भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको एघार महिनामा साढे ६२ प्रतिशत मात्र राजश्व संकलन गरेको छ ।चालु आव २०७६/०७७ मा एक खर्ब ६ अर्ब ८९ लाख राजश्व संकलनको लक्ष्य पाएकोमा असार ६ गते सम्म ६६ अर्ब ३२ करोड ५८ लाख मात्र राजश्व संकलन भएको भैरहवाका भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले जानकारी दिए ।

लकडाउन अघिसम्म लक्ष्य अनुसारको राजश्व संकलन गर्दै आएको भन्सारले कोरोना संक्रमणका कारण आयातमा कमी हुदाँ राजश्व संकलन प्रभावित हुन गएको हो । लकडाउन अघि दैनिक चार सय बढीको हाराहारीमा मालवाहक गाडी भित्रिने गरेपनि लकडाउनसँगै मालवाहक गाडीको संख्या एक चौथाइमा झरेको थियो ।

फागुन मसान्तसम्म कुल लक्ष्य ८२ प्रतिशत राजश्व संकलन भएकोमा लकडाउनपछि आयात घट्दा राजश्व संकलन प्रभावित भएको सूचना अधिकृत लम्सालले बताए । लकडाउनका कारण इन्धन, अटोमोबाइल्स, कच्च पदार्थ, मेसिनरी लगायत साम्रगीको आयातमा कमी आएको थियो ।

‘पहिला आयातमा कमी हुदाँ राजश्व संकलन प्रभावित भयो, उनले भने, ‘ दुई हप्ता यता आयात बढ्दै गइरहेकाले राजश्व संकलन राम्रो भइरहेको छ ।’ उनका अनुसार लकडाउनको सुरुवाति चरणमा औसतमा दैनिक २ करोड रुपैयाँसम्म राजस्व संकलन हुने गरेकोमा अहिले भने दैनिक १५ करोड रुपैयाँसम्म संकलन भइरहेको छ ।

केही हप्तायता आयात बढ्दा राजश्व संकलन राम्रो भइरहे पनि लक्ष्य अनुसारको राजश्व संकलन भने नहुने भएको देखिएको छ । ‘बढी राजश्व संकलन हुने इन्धन, अटोमोबाइल्स (गाडी) लगायतको आयात अझै बढ्न सकेको छैन, उनले भने, ‘जसकारण कुल लक्ष्यको ७० प्रतिशतसम्म राजश्व संकलन हुने अपेक्षा लिइएको छ ।’ भन्सारले लकडाउन अवधी चैत ११ गते देखि जेठ मसान्तसम्म चार अर्ब ६८ करोड २७ लाख रुपैयाँ मात्र राजश्व संकलन गरेको छ ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

बिद्या भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किने घोषणाले नेपाली राजनीतिमा केवल शक्ति समीकरणको बहस मात्र होइन, संवैधानिक नैतिकता र राष्ट्रपतिको संस्थागत…

Donald Trump ले अमेरिका–इरान तनाव अन्त्यतर्फ “अन्तिम चरणको समझदारी” नजिक पुगेको दाबी गरेपछि विश्व राजनीतिमा नयाँ बहस सुरु भएको छ।…

Narendra Modi ले सुनको अत्यधिक आयातले देशबाट ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिने भन्दै नागरिकलाई अनावश्यक रूपमा सुन नकिन्न आग्रह गरेका…

प्रतिकृयाहरू
...