Thursday 1st October 2026

भलादमी -सुशिल बस्याल


भलादमी

मानिस पनि पशुको जस्तो स्वभाव राख्दछ ।
सज्जन बन्ने कहिल्यै सोच्दैन लुटेर भाग्दछ ।।

अजेय छन देशका नेता शोषण गर्दछन् ।
लोभले यहाँ आफन्त साथी कहिल्यै भन्दैनन ।।

घटिया सम्म अदेख काम गर्छन बेसरी ।
अस्लिल काम गरेको देख्दा स्वागत कसरी?

सँस्थाले पनि गर्दैनन काम सम्पती पाए पछि ।
गोष्ठीमा जादै बियर सधै निशुल्क खाए पछि ।।

पापको भारी आफैमा खसे बुझ्दछन् एकदिन ।
प्रभुले शिक्षा दिए पछि बल्ल खुल्दछ नयन ।।

पढाई पनि जिन्दगी संग च्यालेन्ज गर्दछ ।
ज्ञानको दियो बाल्दछ कस्ले, भाषण गर्दछ ।।

पढेको काम लाग्दैन फेरि बेकार पढिन्छ ।
आफन्त साथी सबै छोडी जहाज चढिन्छ ।।

आफन्त कोहि पदमा भए उज्यालो मनमा ।
समान गर्ने भेटिन्नन् कोहि, बिक्दछन् धनमा ।।

मस्तिष्क सधै निरोगी राख्न साधना बिहान ।
स्मरण केहि नरहे पछि छैन नि ईलाज ।।

मानिस स्वार्थी भएकै कारण पछाडि पर्दछ ।
छिमेकी मास्ने सपना बुन्दै अगाडि बढ्दछ ।।

एक दिन पालो आउँछ पृथ्वी गोलो नै रहेछ ।
सज्जन भन्दै घमण्ड गरी हिंड्ने पतन भएछ ।।

सुशिल बस्याल
बगनासकाली ८ बराङ्दी बेलौतीखर्क


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...