Wednesday 19th August 2026

(कुथुङ्ग्री)”आकाङ्क्षा को हत्या”


अर्जुन दवाडी- औ, सानि सून न, यो पाली त एउटा बाईक किन्नु पर्यो हौ!

अब कमाउने तपाई नै हो, किन्नु नि त! सानिको सहमती।

अलिकती पैसा डिपोजिट गरेको छु, थै थाप गरेर भोलि नै निकालुँ की!!

ठीकै छ, निकाली हाल्नु, पैसा भनेको हातको मैला आज छ, भोलि छैन। खाँचो पनि त छ तपाईलाई।

सल्लाह मिल्यो, हामी लोग्ने-श्वास्नीको। भोलि नै झिक्छु सोरूमबाट नयाँ बाईक। अब एउटा केटा मान्छेलाई बाईक हाँक्ने रहर कति हुन्छ, त्यो त केटा मान्छेलाई नै थाह हुन्छ।

कहिले बिहान हुन्छ र बाईक लिनु जौं! सारा रात निन्द्रा छैन, जाबो, भट्भटे किन्ने रहरमा। केहीक्षण मात्र निदाउँछु, सपना पनि नयाँ भट्भटे हाँकेकै देख्छु।

रात बित्छ-

हिंड़ने समयमा, मोबाइलमा छोरीको कल।

हेल्लो! भन!

बाबा! टिचर्स डे को लागि स्कूलमा पैसा उठाउँदै छ, 5 हन्ड्रेड् गरेर, म बस्ने होस्टेलको मेमले पनि 3 मन्थ् भयो हरे पैसा नदेको अनि ट्यूसन् फि पनि दिनु पर्छ भोलि आउनु नी, प्लिज, बाबा |

ल! भोलि होईन, आजै आउँछु म ।

सानि, आएर सोध्छे – के भनि छोरिले ?

होस! किन्दिन ल बाईक!

निशब्द : सानि । बुझि उसले…

अनि म लाग्छु एउटा झोला बोकेर आफ्नो आकाङ्क्षा को निर्मम हत्या गर्दै, एउटा सुन्दर भविष्यको निर्माण गर्न ||


सम्बन्धित शीर्षकहरु

कालिकोटको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय क्लोजर सम्पन्न भएको छ। आयोजनामा करिब ७० अर्ब रुपैयाँ लगानी हुनेछ, जसको…

देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढी र पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रे, सिन्धुपाल्चोक, रसुवा, पश्चिम रुकुम, संखुवासभा,…

कुवेत सिटी: कुवेतका दुई प्रतिष्ठित संस्थाहरू मुजैनी एक्सचेन्ज (Al Muzaini Exchange) र कुवेत एयरवेजबीच संयुक्त सहकार्य प्रोटोकल (Memorandum of Understanding)…

प्रतिकृयाहरू
...