Sunday 18th October 2026

विश्वमा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्‍यो


विश्वमा कोरोना संक्रमित संख्या ९० लाख नाघेको छ।अमेरिकाको जोन हप्किन्स विश्वविध्यालयले विश्वमा संक्रमित संख्या ९० लाख नाघेको जनाएको हो।

यसैगरी कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ६९ हजार नाघेको उसको तथ्यांक छ।विश्वमा कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित रहेको छ। त्यहाँ संक्रमित संख्या २२ लाख ९१ हजार नाघिसकेको छ भने १ लाख २० हजार बढीको मृत्यु भइसकेको छ।

यसैगरी संक्रमित संख्याको आधारमा ब्राजिल १० लाख ८३ हजार बढी संक्रमित सहित दोश्रो स्थानमा रहेको  छ भने त्यहाँ ५० हजार बढी मानिसको कोरोनाबाट मृत्यु भइसकेको छ।

यस्तै पछिल्लो विश्व विवरण अनुसार रूसमा कोरोनाका कारण ८ हजार बढी मानिसले ज्यान गुमाइसकेको रूसमा संक्रमित संख्या पाँच लाख ९१ हजार पुगेको छ। संक्रमित संख्याको तुलनामा रूसमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या कम छ।

यस्तै संक्रमित संख्याको आधारमा भारत चौथो स्थानमा रहेको छ।

हालसम्म भारतमा ४ लाख २५ हजार बढी मानिसमा कोरोनाको संक्रमण प्रमाणित भइसकेको छ। त्यहाँ १३ हजार मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन्।

–सेतोपाटीबाट 


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...