Thursday 1st October 2026

कविता:-“सबै गाउँको कथा” -राम भण्डारी


कविता:-“सबै गाउँको कथा”

हाम्रो ठाउँमा एउटा संसद भन्ने गाउँ छ ।
झुट्टा खेती लाउँछन् सबको उस्तै नाउँ छ ।।

सबै मध्ये उस्तै एक हरामको छुरा छ ।
भन्न नमिले पनि भन्नै पर्ने धेरै कुरा छ ।।

गरिबका सपनाहरु को धज्जी उडाउँछ ।
आशाका डोरीहरु पटक पटक चुँडाउछ ।।

पाँच वर्ष पुरा गरि, पुन: बस्ती धाउँछ ।
खेती पुरानै झुटको,उफ्रेर फुर्ती लाउँछ ।।

सोझा सिधा सबलाई, छिनमै भुलाउँछ ।
अझै बन्द छ आँखा, कहिले खुलाउँछ ।।

श्री ३ झैं रबाफ, मोज गर्ने दाउमा छ ।
जुन थालमा खायो, त्यहीँ चुठ्न पाउँछ ।।

ढुकुटी खाली गरि, अर्को पार्टी पस्दछ ।
हसुर्दै तृप्त हुन्छ, जुन पार्टीमा बस्दछ ।।

अर्को कता छ खाने, ठाउँ भनि हेर्दछ ।
मौका बिचारी उत्तम, तुरुन्तै रंग फेर्दछ ।।

बुझि शक्तिमान जो, कुर्सीकोनै गुण गाउँछ ।
निर्लज्ज भएर लम्पसार, उही पाउ समाउछ ।।

बिर्सन्छन् मृत्यु, आचार भ्रष्ट गरि कमाउछ ।
दुःखी जनता र देश भुलेर पैसामै रमाउछ ।।

येनकेन बित्ला हाम्रो जुनी बिताईदिन्छु ।
झुट्टा हुन् है भनि सबलाई सिकाईदिन्छु ।।


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...