Tuesday 17th March 2026

कुवेतको फिन्टासबाट ७० बोतल घरेलु मदिरा सहित १ नेपाली पक्राउ


तितोपाटी – ७० बोतल घरेलु मदिरा डेलिभरी गर्न गएका एक नेपाली ड्राइभर कुवेतको फिन्टास एरियाबाट पक्राउ परेका छन् ।

मदिरा सेवन गरि सवारी चलाएका उक्त ड्राइभरले फिन्टास स्थित एक विद्यालयको पर्खालमा ठोकाएर गाडी दुर्घटना गराएको जानकारी पाएपछि कुवेत प्रहरी दुर्घटनास्थल पुग्दा सवारी चालकले मदिरा सेवन गरेको थाहा पाएपछि सवारी साधन चेक जाँच गर्दा ७० बोतल तयारी घरेलु मदिरा फेला परेको समाचार अरब टाइम्समा प्रकाशित भएको छ ।

कुवेत प्रहरीलाइ उधृत गर्दै अरब टाइम्समा प्रकाशित समाचारका अनुसार दुर्घटनाग्रस्त सवारी साधनमा मदिराको गन्ध अाएपछि खानतलासी गर्दा सो परिमाणमा मदिरा सहित नेपाली नागरिक पक्राउ परेका हुन् । प्रहरीको सोधपुछको क्रममा ती नेपालीले उक्त मदिरा ग्राहकलाइ डिलिभरी दिनको लागि लांदै गरेको स्वीकारेका छन् भने उनलाइ पक्राउ गरि कानुनी प्रकृयाको लागि सम्बन्धित निकायमा पठाईएको छ।

कुवेतमा मदिरा सेवनलाई निषेध गरिए पनि यहाँ कार्यरत केही नेपालीहरुले मदिरा सेबन मात्र होइन, उत्पादन र बिक्री बितरण समेत गर्ने गरेका छन।जसले कुवेतमा रहेका नेपालीहरुको प्रतिष्ठामा प्रतिकुल असर पारिरहेको छ भने नेपालीलाइ हेर्ने नजरिया समेत परिवर्तन भएको छ ।

श्रोतः अरब टाइम्स


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...