Wednesday 30th September 2026

महामारी बिरूद्ध लडाैं – राम भण्डारी


महामारी बिरूद्ध लडाैं
-राम भण्डारी

हामीलाई यो धङ्धङीले कहिले छोड्ला गुन्जिएको एउटै धुन ।
टिभी, रेडियो, पत्रिका, रिङ्टोन मोबाइलमा बजिरहन्छ पुन: ।।

घर घरमा यस्कै चर्चा,वाक्क लाग्छ,वरिपरि घेरिए झैं लाग्छ ।
छिमेकीले बोलाए “सर के छ आरामै” ? सोधेजस्तो लाग्छ ।।

मैंले भने “कोरोनाको” ? फेरि मन चस्स भएझैं लाग्छ ।
प्रतिउत्तर गरें फेरि कोरोना अब छिट्टै पृथ्वीबाट भाग्छ ।।

मानौ मन मस्तिष्क खाली भएको छ कोभिडको ताण्डवले ।
अब के होला अगाडि सोच्दासोच्दै कसरी थाम्छ ब्रह्माण्डले ।।

करोडौं तड्पिएका छन् यहाँ, बाँच्न काेभिड-19 सँग भागेर ।
लाखौं अस्पतालमा कोभिड बिरुद्ध जित्दै मृत्युलाइ नाघेर ।।

लड्दालड्दै हार स्विकारी गए आफन्त एक्लो पारेर ।
छोडी गए कत्ति त कहिल्यै नफर्किने गरी माया मारेर ।।

यो दुःखको समयमा आत्माविश्वास लिइ अघि बढौं ।
संसारकै मनव जगत एक भई माहामारी बिरूद्ध लडौं ।।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...