Wednesday 30th September 2026

गजल -राम भण्डारी


गजल
-राम भण्डारी

सडक भरि गाडीहरुको निकै बढ्दो लाम छ ।
सुरक्षा बिन्दुमा अलि कडाइले गर्दा जाम छ ।।

लाग्दथ्यो मनमा केहि पनि डर छैन कसैलाइ
दौडिरहेछन् हत्तारमा जस्तै जरुरी काम छ ।।

सकिएछ कि जस्तो छ कोभिडको माहामारी
जस्तै ठुलो झरि पछिको न्यानो घाम छ ।।

फुर्ति गर्छन समाजमा देखावटी भए पनि
हुने भन्दा नहुनेहरुको ठुलो तामझाम छ ।।

त्यसैले लखर लखर गर्दै हिडेका हुन की
हरेक ठाउँमा लकडाउन मात्र नाम छ ।।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...