Wednesday 30th September 2026

मज्जाले खाऔँ -राम भण्डारी


मज्जाले खाऔँ
-राम भण्डारी

खाऔँ मज्जाले खाऔँ
ब्रेकफास्ट भनेर खाऔँ
बिहानै चियामा चोपेर खाऔँ वा
सिन्काले घोचेर खाऔँ
चाटेर खाऔँ, टोकेर खाऔँ वा
सिलौटोमा घोटेर खाऔँ
भात सँग खाऔँ
दाल नभएपनि तरकारीको साथ सँग खाऔँ
दोपहरमा भुटेर खाऔँ,
साँझ खोयाबिर्के सँग गफ चुटेर खाऔँ
खुट्टै टेक्न नसकि लडेर खाऔँ,
बिछ्यौनामा पडेर खाऔँ ।

बिना लगानी थुतेर खाऔँ
मागेर नदिए धुतेर खाऔँ
लाज लाग्दैन उठेर खाऔँ
खाने बित्तिकै फेरि चुठेर खाऔँ
बसेर खाऔँ, कसेर खाऔँ
जनता रोए पनि हाँसेर खाऔँ
देशको अर्थतन्त्र माथि सुतेर खाऔँ
हाँडीघोप्टे भई लुटेर खाऔँ
आमाको हड्डी फुकेर खाऔँ
७७ जिल्लाबाटै जुटेर खाऔँ
धोएर हैन पुछेर खाऔँ
हतार हतार गरेर मुछेर खाऔँ
समय धेरै छैन है!
कोच्चि कोच्चि खाऔँ
थैलो भरि डकारी छिट्टै बाटो लागौं ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...