Tuesday 20th October 2026

नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुग्यो, निको हुने ८९ जना पुगे


तितोपाटी – नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुगेको छ । शनिबार मात्रै थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ । त्यसै गरि शनिबार १९ जना कोरोना मुक्त भएपछि नेपालमा कोरोना मुक्त हुनेको संख्या पनि ८९ पुगेको छ । कोरोना मुक्त हुनेहरू बुटवल कोरोना अस्पतालका १० जना र वीरगन्ज स्थित नारायणी अस्पतालका ९ जना रहेका छन् । नेपालमा हालसम्मकोरोना संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म नेपालका ७७ जिल्लामध्ये ४१ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा सबैभन्दा बढी संक्रमित बाँकेमा जिल्लामा देखिएका छन्। हालसम्म सबैभन्दा कम उमेरका २ महिनाको शिशुमा र बढीमा ८१ वर्षिया बृद्धामा कोरोना पुष्टि भएको छ । दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा अहिले त्रासको अबस्था सृजना भएको छ साथै लकडाउनमा पनि थप कडाइ गरिएको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ५३ लाख १७ हजार भन्दा बढि संक्रमित भइ २१ लाख ४० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ३ लाख ४२ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २००…

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक,…

प्रतिकृयाहरू
...