Friday 16th January 2026

कतारमा एक नेपालीलाई गोली हानी मृत्युदण्ड दिइयो


तितोपाटी- कतारमा हत्या अभियोग खेपिरहेका महोत्तरी औराही १ का अनिल चौधरीलाई त्यहाँको सरकारले गोली हानी मृत्युदण्ड दिएको छ। कतारले कुनै नेपालीलाई मृत्युदण्ड दिएको पहिलो पटक हो।

चौधरीमाथि कतारी नागरिक उमैर मोहम्मद अल रमाजानी अल नुयमीको खुकुरी प्रहार गरी हत्या आरोप लागेको थियो। सन् २०१७ अप्रिल पहिलो साता पक्राउ परेका चौधरीलाई बचाउन नेपाली दुतावासले प्रयास गरिरहेको थियो।

अदालतमा चौधरीका पक्षमा मुद्धा लड्न दुतावासले करिब ६ लाख रुपैयाँ समेत खर्च गरेको थियो। तर तल्लो अदालतको फैसलालाई कतारको सर्वोच्च अदालतले अनुमोदन गरेपछि चौधरीलाई मृत्युदण्ड दिएको हो। पीडितका परिवारले पनि चौधरीलाई माफी दिन अस्वीकार गरेका थिए।

चौधरी सन् २०१५ अगष्ट २७ तारिखमा कतार गएका थिए। उनी त्यहाँ कार सफा गर्ने कम्पनीमा कार्यरत थिए।

मृत्युदण्ड पाएका चौधरीको शवलाई हाल अस्पतालमा राखिएको र नेपाल पठाउन कतारी प्रशासनले अनुमति दिएको बताइएको छ। अदालती बयानका क्रममा चौधरीले आत्मसुरक्षाका लागि प्रतिकार गर्दा कतारी नागरिकको मृत्यु भएको बताएका थिए।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...